साना नदीमा बाढीको मध्यम जोखिम


काठमाडौँ । देशभरका साना तथा सहायक नदीहरूमा पानीको बहाव बढ्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार झापा, इलाम, काठमाडौँ, सिन्धुपाल्चोक, चितवन, कास्की, दाङ, बाँके, कैलालीलगायत ३४ भन्दा बढी जिल्लाका साना नदी तथा खोलामा आज बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ। महाशाखाले यो जोखिम भोलि र पर्सिसम्म कायम रहने जनाएको छ।

यद्यपि, कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत प्रमुख नदीहरूको बहाव भने हाल सतर्कता तहभन्दा तल रहेको छ।

२०८३ असार १५, सोमबार १०:०६ प्रकाशित
ट्रेन्डिङ समाचार