देशभर मनसुन सक्रिय बन्दै, कोशीमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।  मनसुनी वायु क्रमशः देशभर फैलिँदै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशमा मनसुन पूर्ण रूपमा सक्रिय छ भने बाँकी क्षेत्रमा पनि आगामी दुई–तीन दिनभित्र विस्तार हुने सम्भावना रहेको छ।

आज देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको जोखिम रहेको महाशाखाले जनाएको छ। साथै कोशीको तराई र मधेसका केही क्षेत्रमा हुरीबतास चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

२०८३ असार १५, सोमबार ०७:४० प्रकाशित
ट्रेन्डिङ समाचार