काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव बढ्दै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने जनाएको छ।
महाशाखाका अनुसार आज कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र मधेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा मेघगर्जन, चट्याङसहित हुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
२०८३ असार १४, आईतवार ०७:३२ प्रकाशित

