काठमाडौं । अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा कालोपत्रे कार्यलाई तीव्रता दिन असार २२ देखि साउन ४ गतेसम्म रातिको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ।
निर्णयअनुसार टिपर र ठूला मालवाहक ट्रकको प्रवेश पूर्ण रूपमा रोक लगाइनेछ भने अन्य सवारीसाधनलाई बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। अत्यावश्यक सेवाका सवारीसाधन भने नियमित रूपमा सञ्चालन हुनेछन्। सम्बन्धित निकायले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
२०८३ असार १३, शनिबार १७:१६ प्रकाशित

