भारतभन्दा महँगोमा नेपालले मल खरिद


काठमाडौं  ।  नेपालले एउटै आपूर्तिकर्ताबाट भारतको तुलनामा धेरै महँगो मूल्यमा रासायनिक मल खरिद गरिरहेको तथ्य सार्वजनिक भएको छ। सिङ्गापुरस्थित एसएस आदित्य बिर्ला ग्लोबल ट्रेडिङले भारतलाई प्रतिमेट्रिक टन ५४० अमेरिकी डलरमा दिएको मल नेपाललाई ९००.७५ अमेरिकी डलरमा आपूर्ति गर्ने ठेक्का पाएको छ।

अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य घट्दो क्रममा रहे पनि नेपालले उच्च मूल्य तिर्नुपरेको भन्दै प्रश्न उठेको छ। साथै, भारतसँगको जीटुजी सम्झौताअन्तर्गत आउने ५० हजार मेट्रिक टन मल पनि ढिलो आइपुग्ने भएकाले रोपाइँ सिजनमा किसानले मल अभाव झेल्नुपर्ने अवस्था देखिएको छ।

२०८३ असार १३, शनिबार १७:०७ प्रकाशित
ट्रेन्डिङ समाचार