केप भर्डे नकआउटमा प्रवेश, अर्जेन्टिनासँग खेल्ने


काठमाडौं । फिफा विश्वकप २०२६ मा पहिलो पटक सहभागी केप भर्डे ऐतिहासिक रूपमा नकआउट चरणमा पुगेको छ। समूह एचमा साउदी अरेबियासँग गोलरहित बराबरी खेल्दै ३ अंक जोडेको केप भर्डे उपविजेता बन्दै राउण्ड अफ ३२ मा प्रवेश गरेको हो।

यसअघि स्पेनसँग गोलरहित बराबरी र उरुग्वेसँग २–२ को रोमाञ्चक बराबरी खेलेको केप भर्डेले समग्र प्रदर्शनका आधारमा नकआउट यात्रा सुनिश्चित गरेको हो।

अब केप भर्डेले नकआउट चरणमा साविक विजेता अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ। अर्जेन्टिना भने समूह विजेता बन्दै अघिल्लो चरणमा पुगेको छ।

२०८३ असार १३, शनिबार ०९:२३ प्रकाशित
ट्रेन्डिङ समाचार