भेनेजुएलामा ४० सेकेन्डको अन्तरमा दुई ठूला भूकम्प


काराकास । भेनेजुएलाको उत्तरी क्षेत्रमा बुधबार ४० सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएका छन्। भूकम्पका कारण भवनहरू भत्किएका छन् भने ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ।

सरकारले देशभर संकटकाल घोषणा गर्दै उद्धार तथा राहत कार्य सुरु गरेको छ। राजधानी काराकाससहित विभिन्न क्षेत्रमा पूर्वाधारमा क्षति पुगेको छ भने विद्युत्, सञ्चार र यातायात सेवा प्रभावित भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजिएस) ले भूकम्पपछि ‘रेड अलर्ट’ जारी गर्दै व्यापक क्षतिको चेतावनी दिएको छ।

२०८३ असार ११, बिहीबार १०:२६ प्रकाशित
ट्रेन्डिङ समाचार