ब्राजिल र मोरक्को नकआउट चरणमा


काठमाडौँ ।  फिफा विश्वकप फुटबलअन्तर्गत समूह ‘सी’ को खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३–० गोलले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। मियामी स्टेडियममा भएको खेलमा भिन्सियस जुनियरले दुई तथा म्याथियस क्यूनाले एक गोल गरे। पराजयसँगै स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ।

यस्तै, एटलान्टा स्टेडियममा सम्पन्न अर्को खेलमा मोरक्कोले हाइटीलाई ४–२ गोलले हरायो। मोरक्कोका लागि अहरफ हाकिमी, इसामेल साईबेरी, सुफयान रहिमी र जाकरिया अल ओदीले गोल गरे। जितसँगै मोरक्कोले पनि नकआउट चरणको यात्रा तय गरेको छ।

२०८३ असार ११, बिहीबार ०७:४१ प्रकाशित
ट्रेन्डिङ समाचार