काठमाडौँ। देशभर पश्चिमी न्यून चापीय रेखा, स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभावका कारण आज विभिन्न क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ।
कोशी प्रदेशको तराई तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।
महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो दिन रहने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। रातिको समयमा पनि कोशी प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षा जारी रहने सम्भावना छ।