काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारले सुनको भन्सार दर १० प्रतिशतले बढाएपछि नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ। यसअघि जेठ १५ गते सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५ हजार ३४५ रुपैयाँ कायम भएको छ, जुन जेठ १५ गते ५ हजार ४० रुपैयाँ थियो। महासंघले आज १० ग्राम सुनको मूल्य २ लाख ६६ हजार ७२० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य ४ हजार ५८३ रुपैयाँ तोकेको छ।
२०८३ जेष्ठ १७, आईतवार ११:५६ प्रकाशित


