वैदेशिक रोजगारीको नाममा रु ९७ लाख ठगी गर्ने ६ पक्राउ
काठमाडौँ । काठमाडौँमा वैदेशिक रोजगारीका लागि क्यानडा, न्युजिल्याण्ड, बेलायत, अमेरिका, दुबइ र सर्बिया पठाइदिने प्रलोभन देखाएर रु ९७ लाख ५८ हजार ठगी गर्ने आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरू विभिन्न जिल्लाका रामबहादुर आलेमगर, आशिष कार्की, लोकबहादुर श्रेष्ठ, तुलसा पुनमगर, कृष्णप्रसाद पोखरेल र प्रवीण श्रेष्ठ रहेका छन्। उनीहरूले विभिन्न पीडितबाट लाखौँ रकम उठाएर सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।