वैदेशिक रोजगारीको नाममा रु ९७ लाख ठगी गर्ने ६ पक्राउ


काठमाडौँ ।  काठमाडौँमा वैदेशिक रोजगारीका लागि क्यानडा, न्युजिल्याण्ड, बेलायत, अमेरिका, दुबइ र सर्बिया पठाइदिने प्रलोभन देखाएर रु ९७ लाख ५८ हजार ठगी गर्ने आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरू विभिन्न जिल्लाका रामबहादुर आलेमगर, आशिष कार्की, लोकबहादुर श्रेष्ठ, तुलसा पुनमगर, कृष्णप्रसाद पोखरेल र प्रवीण श्रेष्ठ रहेका छन्। उनीहरूले विभिन्न पीडितबाट लाखौँ रकम उठाएर सम्पर्कविहीन बनेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।

२०८३ जेष्ठ १४, बिहीबार १९:४३ प्रकाशित
ट्रेन्डिङ समाचार