नेप्से १२ अंकले घट्यो, कारोबार ३.८९ अर्ब


काठमाडौं ।  बिहीबार सेयर बजार परिसूचक नेप्से १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा बन्द भएको छ । अधिकांश उपसमूहमा गिरावट देखिँदा होटल तथा पर्यटन उपसमूह सर्वाधिक ६८.३३ अंकले घटेको हो ।

परिसूचक घटे पनि कारोबार रकम भने बढेर ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ पुगेको छ । ३४८ कम्पनीका ८९ लाख ५५ हजार कित्ता सेयर किनबेच भएका छन् ।

म्युचुअल फन्ड उपसमूह मात्रै सामान्य बढेको दिन बुंगल हाइड्रोपावरको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले उकालो लाग्दा अप्पर लोहोरे खोला हाइड्रोपावरको मूल्य सर्वाधिक १४.९५ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ ।

२०८३ जेष्ठ ७, बिहीबार १९:४५ प्रकाशित
ट्रेन्डिङ समाचार