विद्युत् नियमन आयोगमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु


काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्ष एक र सदस्य चार पदका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीबार सूचना जारी गर्दै १५ दिनभित्र आवेदन दिन आग्रह गरेको हो। चार सदस्यमध्ये एक पद महिलाका लागि सुरक्षित गरिएको मन्त्रालयले जनाएको छ।

यसअघि अध्यादेशमार्फत अध्यक्षसहित चार सदस्य पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो। त्यसपछि ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठ ले मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन्। मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रको दिगो विकास, प्रभावकारी बजार र सशक्त नियमनका लागि सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्।

२०८३ जेष्ठ ७, बिहीबार १७:२६ प्रकाशित
ट्रेन्डिङ समाचार