ADVERTISEMENT

यू–१९ एसिया कप : भारतविरुद्ध नेपाल पहिले ब्याटिङमा

काठमाडौं । यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतविरुद्धको पहिलो खेलमा ब्याटिङ गरिरहेको छ।

ओमानको अल अमेरातमा भएको टसमा भारतले जित हासिल गर्दै पहिले बलिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रिएको हो।

समूह ‘ए’ मा रहेको नेपालले समूह चरणको दोस्रो खेलमा मंसिर २२ गते यूएई र तेस्रो खेलमा २४ गते पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिता मंसिर २८ गतेसम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार