काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा दिउँसो १२ः३० बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । दुवै टोली जित निकाल्दै अंकतालिकामा आफ्नो अवस्था सुधार गर्ने लक्ष्यमा छन् ।
त्यस्तै, दोस्रो खेलमा अपराह्न ५ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । तीन खेलमा पराजित भएको पोखरा पहिलो जितको खोजीमा रहँदा चितवन भने प्लेअफ यात्रा बलियो बनाउने दाउमा हुनेछ ।
प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
सम्बन्धित खबर




प्रतिक्रिया