ADVERTISEMENT

दानबहादुर कार्कीको रिट दर्ताबारे आज टुंगो लाग्ने

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट निवेदन दर्ता हुने वा नहुनेबारे आज टुंगो लाग्ने भएको छ।

सर्वोच्च अदालत प्रशासनले बिहीबार रिट अध्ययनका लागि राखेको थियो। कार्कीका तर्फबाट अधिवक्ता टिकाबहादुर कुँवरले अध्ययनका लागि समय लाग्ने भन्दै बिहीबार रिट दर्ता नभएको जानकारी दिए।

सरकारले मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरिसकेको छ। रिट शुक्रबार दर्ता भएमा प्रारम्भिक सुनुवाइ तिहार बिदापछि मात्रै हुने सम्भावना छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार