ADVERTISEMENT

बाढीपहिरोले गण्डकीका प्रमुख राजमार्ग प्रभावित

काठमाडौँ । बाढीपहिरोका कारण गण्डकी प्रदेशका विभिन्न जिल्लामा प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार केही सडकखण्ड एकतर्फी सञ्चालनमा रहे पनि केही मार्ग पूर्ण रूपमा अवरुद्ध छन्।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते गएको पहिरोका कारण बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ।

त्यस्तै, नवलपरासी (पूर्व) को बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरोमा असोज १४ गते गएको पहिरोले कालीगण्डकी करिडोर प्रभावित भएको छ। उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा रहे पनि साना सवारीसाधन मात्र चल्न सक्ने र ठूला सवारीसाधन आवतजावत गर्न नसक्ने अवस्था छ।

यसैगरी, गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ९ अन्तर्गत नयाँपुल क्षेत्रमा असोज २५ गते बिहान आएको बाढीका कारण सोतीस्थित फलामे पुल तथा गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार