ADVERTISEMENT

कांग्रेसको खुला केन्द्रीय सदस्यमा चिरिबाबु पहिलो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार महर्जनले १ हजार ९३५ मत प्राप्त गरेका छन्। निष्कल राई १ हजार ८५८ मतसहित दोस्रो र प्रा.डा. गोविन्दराज पोखरेल १ हजार ६८६ मतसहित तेस्रो स्थानमा रहेका छन्।

त्यस्तै, इन्द्रबहादुर बानियाँले १ हजार ६४६, जितनारायण श्रेष्ठले १ हजार ५७१, ई. मोहन आचार्यले १ हजार ५१६, प्रवल थापाले १ हजार ४७७, हिमालदत्त श्रेष्ठले १ हजार ४१४, राजीव कोइरालाले १ हजार ३९१ र गणेश लामाले १ हजार ३७१ मत पाएका छन्।

खुला केन्द्रीय सदस्यका ४५ पदका लागि ८९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार