काठमाडौँ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टाको भक्तिभावका साथ पूजा आराधना गरिँदैछ। यस अवसरमा देशभरका शक्तिपीठ तथा घरघरमा बिहानैदेखि देवीको उपासना भइरहेको छ।
धार्मिक मान्यताअनुसार सिंहवाहिनी माता चन्द्रघण्टाको पूजा गर्नाले दुःख, कष्ट तथा बाधा हट्ने, आत्मबल बढ्ने र परिवारमा सुख शान्ति कायम हुने विश्वास छ। देवीलाई रातो फूल, फलफूल तथा दूध र दूधजन्य परिकार चढाउने परम्परा रहेको छ।
नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका शोभा भगवती, नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, दक्षिणकाली, भद्रकाली र बंगलामुखीलगायतका शक्तिपीठमा भक्तजनहरूको विशेष उपस्थिति रहने गर्दछ। उपत्यकाबाहिरका विभिन्न शक्तिपीठमा पनि पूजा तथा दर्शनका लागि श्रद्धालुहरू पुग्ने गरेका छन्।
सम्बन्धित खबर




प्रतिक्रिया