ADVERTISEMENT

केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी र मनसुनी वायुको आंशिक प्रभावका कारण आज देशका केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ।

आज राति हिमाली क्षेत्रमा आंशिक बदली रहने तथा पहाडी र तराई क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार