ADVERTISEMENT

देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावले आज देशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। राति हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार