ADVERTISEMENT

ट्रम्पको दाबी : ‘आठ युद्ध अन्त्य गरेकाले नोबेल शान्ति पुरस्कार पाउनुपर्छ’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले आठवटा युद्ध अन्त्य गराएकाले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने दाबी गरेका छन्।

बुधबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले कुनै पनि अमेरिकी राष्ट्रपतिले आफूजति युद्ध अन्त्य नगरेको दाबी गरे। उनले आफूले विश्वलाई ठूलो विनाशबाट जोगाउन भूमिका खेलेको भन्दै नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको बताए।

सन् २०२६ को नोबेल शान्ति पुरस्कारको घोषणा नोर्वेजियन नोबेल समितिले शुक्रबार गर्ने कार्यक्रम छ। पुरस्कारबारे आफूलाई समितिको निर्णय थाहा नभएको बताउँदै ट्रम्पले आफूजस्ता व्यक्तिलाई समितिले पुरस्कार नदिन सक्ने धारणा पनि व्यक्त गरे।

दोस्रो कार्यकाल सुरु गरेदेखि नै ट्रम्पले विभिन्न द्वन्द्व अन्त्य गर्न आफ्नो भूमिका रहेको दाबी गर्दै नोबेल शान्ति पुरस्कारका लागि आफू योग्य रहेको बताउँदै आएका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार