ADVERTISEMENT

डलरको खरिददर १५४.५५, बिक्रीदर १५५.१५ रुपैयाँ

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा तोकिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १० पैसा, क्यानेडियन डलरको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०९ पैसा कायम गरिएको छ।

युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ६९ पैसा तथा युके पाउन्ड स्ट्रलिङको खरिददर २०४ रुपैयाँ ४२ पैसा र बिक्रीदर २०५ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैङ्कले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुनसक्ने बताइएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार