ADVERTISEMENT

आज देशभर बदली, केही स्थानमा चट्याङसहित वर्षा

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण आज देशका अधिकांश भूभागमा मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।

यस्तै, तराईका विभिन्न स्थानमा समेत चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति पनि कोशीसहित देशका अधिकांश हिमाली र पहाडी भूभागमा बदली रहने तथा केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार