काठमाडौँ । पश्चिमी तथा मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा आज बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ।
यस्तै, पहाडी भूभागका केही स्थान तथा तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। राति हिमाली तथा पहाडी क्षेत्रमा बदली रहने र केही स्थानमा वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर





प्रतिक्रिया