काठमाडौं । बाढी–पहिरोबाट प्रभावित नेपाललाई श्रीलंकाले १० लाख अमेरिकी डलर मानवीय सहायता दिने भएको छ।
श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले नेपालमा राहत तथा मानवीय कार्यका लागि सहयोग उपलब्ध गराउन सरकारलाई निर्देशन दिएका हुन्। उनले विपद्बाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन्।
श्रीलंकाले उक्त रकम बाढी–पहिरो प्रभावित समुदायको तत्कालीन राहत तथा मानवीय सहायतामा प्रयोग गर्ने जनाएको छ। यसैबीच, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन वार्ता गरी नेपालप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गरेका छन्।
२०८३ भाद्र १४, आईतवार १०:१७ प्रकाशित


