भोटेकोशी बाढीले रसुवा–नुवाकोटका ७ विद्यालयमा क्षति


काठमाडौं । भोटेकोशीमा आएको अप्रत्याशित बाढीले रसुवा र नुवाकोटका ७ विद्यालयमा क्षति पुर्‍याएको छ। बाढीबाट रसुवाका ६ र नुवाकोटको एक विद्यालय प्रभावित भएका छन्।

रसुवाको टिमुरेस्थित टिमुरे सामुदायिक विद्यालयमा ठूलो क्षति पुगेको छ। उत्तरगया गाउँपालिकास्थित उत्तरगया विद्यालयमा पनि बाढी पसेपछि विद्यार्थीहरू भागेर ज्यान जोगाएका छन्।

नुवाकोटको विदुर नगरपालिका–५ स्थित त्रिभुवन त्रिशूल माध्यमिक विद्यालयमा हिलो, लेदो र बाढीले बगाएर ल्याएका सामग्री थुप्रिँदा विद्यालय परिसरमा व्यापक क्षति भएको छ।

टिमुरेमा रहेका दुई बोर्डिङ र दुई सामुदायिक विद्यालयसमेत प्रभावित भएका छन्। प्रारम्भिक विवरणअनुसार तीमध्ये चार विद्यालय बाढीले बगाएको बताइएको छ। प्रभावित विद्यालयको थप विवरण संकलन भइरहेको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार