रसुवामा उद्धारका लागि सेना परिचालन


काठमाडौं । बाढी प्रभावित रसुवामा उद्धार तथा राहतका लागि नेपाली सेनाले दुई वटा हेलिकप्टर पठाएको छ।

सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार दुई हेलिकप्टर रसुवातर्फ उडिसकेका छन्। थप एउटा हेलिकप्टर पनि पठाउने तयारी भइरहेको छ।

यसैगरी, सेनाको टोली स्थलमार्गबाट पनि घटनास्थलतर्फ परिचालन गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रवक्ता बस्नेतले बताए।

२०८३ भाद्र १०, बुधबार १०:४५ प्रकाशित
ट्रेन्डिङ समाचार