रसुवाको भोटेकोशीमा ठूलो बाढी, तटीय क्षेत्रमा सतर्कता


रसुवा । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान एक्कासि ठूलो बाढी आएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट ठूलो बाढी आएको जानकारी प्राप्त भएको हो। बाढीबाट भएको क्षतिको विवरण भने अहिलेसम्म यकिन हुन सकेको छैन।

क्षतिको विवरण संकलन तथा अवस्थाबारे बुझ्ने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी परियारले बताए।

भोटेकोशीमा बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदीका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

२०८३ भाद्र १०, बुधबार १०:०४ प्रकाशित
ट्रेन्डिङ समाचार