नेप्से ५.३० अंकले घट्यो


काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ५.३० अंकले घटेर २,५९४.२७ विन्दुमा बन्द भएको छ।

आज ३५७ वटा स्क्रिप्सको १ करोड ४४ लाख १६४ कित्ता सेयर ४ अर्ब १० करोड ९७ लाख रुपैयाँभन्दा बढीमा कारोबार भयो। कारोबारमा आएका ७८ वटा स्टक्सको मूल्य बढ्दा १८७ वटाको घटेको छ भने १२ वटा स्टक्सको मूल्य स्थिर रह्यो।

सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज र क्रिस्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर करिब १५ प्रतिशतले बढ्दै सकारात्मक सर्किट लेभलमा कारोबार भए। धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर भने १० प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा मकर जितुमाया सुरी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। कम्पनीको ९० करोड ७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।

समूहतर्फ डेभलपमेन्ट र नन–लाइफ इन्स्योरेन्सबाहेक बाँकी सबै समूहका उपसूचक घटेका छन्।

२०८३ भाद्र ९, मंगलवार १६:२५ प्रकाशित
ट्रेन्डिङ समाचार