केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना


काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ नेपाल नजिक रहेको जल तथा मौसम विभागले जनाएको छ।

विभागका अनुसार आज देशभर सामान्यतया बादल लाग्नेछ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

यस्तै, कोशीको तराई र मधेसका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ। रातिसमेत हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपात तथा देशका विभिन्न स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

२०८३ भाद्र २, मंगलवार ०७:४० प्रकाशित
ट्रेन्डिङ समाचार