काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा संस्थापन इतर समूहको तीन दिने राष्ट्रिय भेलाको समापन कार्यक्रममा सहभागी भएका छन्।
भेलाको उद्घाटन सत्रमा सहभागी भएका देउवा शनिबारको कार्यक्रममा अनुपस्थित थिए। आज समापनका दिन भने उनी पुनः कार्यक्रमस्थल पुगेका हुन्। निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाका अनुसार देउवा समापन कार्यक्रममा सहभागी भएका छन्।
पार्टीको आन्तरिक लोकतन्त्र, नीतिगत सुधार र आगामी कार्यदिशाबारे छलफल गर्न आयोजित भेलामा देशभरका जिल्ला तथा क्षेत्रीय सभापति र भ्रातृ संगठनका प्रतिनिधिहरू सहभागी छन्।
भेलाले पारित गरेका प्रस्ताव र निष्कर्ष आज अपराह्न पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने आयोजकले जनाएको छ।
२०८३ श्रावण ३१, आईतवार १३:०५ प्रकाशित


