भारतीय प्रधानसेनापति सेठ नेपाल आउँदै


काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धीरज सेठ चारदिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आउँदै हुनुहुन्छ। उहाँ अपराह्न करिब ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ।

प्रधानसेनापति बनेपछि जनरल सेठको यो पहिलो विदेश भ्रमण हो, जुन उहाँले नेपालबाट सुरु गर्न लाग्नुभएको हो। भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गर्नुहुनेछ।

नेपाल बसाइँका क्रममा जनरल सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा श्रद्धाञ्जली अर्पण गर्नुका साथै द्विपक्षीय सैन्य सहयोगबारे छलफल गर्नुहुनेछ। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ।

नेपाल र भारतका प्रधानसेनापतिलाई एकअर्काको सेनाको मानार्थ महारथीको दर्जा दिने परम्परा सन् १९५० देखि रहँदै आएको छ।

२०८३ श्रावण ३१, आईतवार १२:५५ प्रकाशित
ट्रेन्डिङ समाचार