कांग्रेस राष्ट्रिय सम्मेलन आज समापन हुँदै


काठमाडौँ । नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलन आइतबार समापन हुँदैछ। शुक्रबार राष्ट्रिय भेलाका रूपमा सुरु भएको कार्यक्रम शनिबार राष्ट्रिय सम्मेलनमा परिणत भएको थियो।

सम्मेलनमा प्रस्तुत विधान संशोधन, राजनीतिक, समसामयिक र आर्थिक–सामाजिक प्रस्तावमाथि शनिबार समूहगत छलफल भएको थियो। आइतबार छलफलबाट आएका सुझावका आधारमा प्रस्तावलाई निष्कर्षमा पुर्‍याइने आयोजकले जनाएको छ।

रमेश लेखकले विधान संशोधन, विमलेन्द्र निधिले राजनीतिक, एनपी साउदले समसामयिक र प्रकाशशरण महतले आर्थिक–सामाजिक नीतिसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका छन्। निधिले शेरबहादुर देउवाकै अध्यक्षतामा १५औँ महाधिवेशन आयोजना गर्ने प्रस्ताव राखेका छन्।

साउदले विगतका गल्ती स्वीकार गर्दै आत्मसमीक्षा र सुधारको प्रतिबद्धता जनतासमक्ष गर्नुपर्ने धारणा राखेका छन् भने महतले कांग्रेसको आगामी आर्थिक–सामाजिक विकासको कार्यदिशा प्रस्तुत गरेका छन्।

२०८३ श्रावण ३१, आईतवार ११:५२ प्रकाशित
ट्रेन्डिङ समाचार