त्यो ट्रेलर हो, फिल्म सुटिङ हुनै बाँकी छ, : पूर्णबहादुर खड्का


काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षका नेता पूर्णबहादुर खड्काले तराई–मधेशमा भएको पछिल्लो घटना ‘ट्रेलर मात्रै’ भएको दाबी गर्दै अझ गम्भीर अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

शुक्रबारदेखि सुरु भएको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै खड्काले यस्ता घटना रोक्न नेपाली कांग्रेस एकताबद्ध हुनुपर्ने बताए।

उनले कांग्रेसभित्रको विवाद र पछिल्ला राजनीतिक घटनाक्रमलाई संकेत गर्दै मधेशमा भएको जातीय द्वन्द्वले देशलाई गम्भीर अवस्थामा पुर्‍याएको बताए। “त्यो ट्रेलर हो, फिल्म सुटिङ हुनै बाँकी छ,” उनले भने।

खड्काले नेपालको राष्ट्रियता जोगाउन कांग्रेसको एकता पहिलो आवश्यकता रहेको बताए। सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्दै छिमेकी मुलुकसँगको सम्बन्धमा समेत ध्यान दिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

उनले कांग्रेस एकताबद्ध हुन नसके भदौ २४ को घटनाभन्दा पनि ठूलो परिस्थिति आउन सक्ने चेतावनी दिए।

२०८३ श्रावण २९, शुक्रबार १९:४७ प्रकाशित
ट्रेन्डिङ समाचार