काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–२ नावलथाङबाट प्रहरीले ठूलो परिमाणमा अवैध चिनियाँ मदिरा र बियर बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार ५९४ कार्टुनमा रहेका ७ हजार १२८ बोतल चिनियाँ मदिरा तथा १९४ कार्टुनमा रहेका ४ हजार ६५६ बोतल बडवाइजर बियर बरामद गरिएको हो। बरामद मदिरा तथा बियरको कुल अनुमानित मूल्य ५१ लाख ९३ हजार ६ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
डीएसपी शंकर खड्काका अनुसार मदिरा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो। चिनियाँ मदिराको अनुमानित मूल्य प्रतिवोटल ५०० रुपैयाँ र बडवाइजर बियरको ३५० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
बरामद मदिरा तथा बियर कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाको रोहबरमा नष्ट गरिने प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बताए।
सम्बन्धित खबर




प्रतिक्रिया