कांग्रेस इतर समूहको राष्ट्रिय भेला आजदेखि


काठमाडौँ ।  नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। भेलाको प्रमुख अतिथिका रूपमा पूर्वसभापति शेरबहादुर देउवा सहभागी हुनेछन्।

राष्ट्रिय भेला आयोजक समितिका प्रचार–प्रसार उपसमिति संयोजक मीन विश्वकर्माका अनुसार उद्घाटन समारोह दिउँसो १ बजे सुरु हुनेछ। पहिलो दिन उद्घाटन सत्र र त्यसपछिका दुई दिन बन्द सत्र सञ्चालन हुनेछ।

भेलामा करिब पाँच हजार नेता–कार्यकर्ता सहभागी हुने आयोजकको अनुमान छ।

२०८३ श्रावण २९, शुक्रबार ०९:११ प्रकाशित
ट्रेन्डिङ समाचार