आज तीन संसदीय समितिको बैठक बस्दै


काठमाडौँ । आज प्रतिनिधिसभाका तीन वटा संसदीय समितिको बैठक बस्दैछ।

बिहान साढे १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल तथा सुझाव सङ्कलन गरिनेछ। साथै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी प्रतिवेदन पारित गर्ने कार्यसूची छ।

यस्तै, दिउँसो साढे २ बजे अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक बस्नेछ। बैठकमा परराष्ट्र मामिलासम्बन्धी समसामयिक विषयमा विज्ञहरूसँग छलफल हुनेछ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक भने बिहान ११ बजे बस्नेछ। बैठकमा मानव अधिकारको वर्तमान अवस्था तथा राष्ट्रिय मानव अधिकार आयोगका विभिन्न प्रतिवेदनको कार्यान्वयनका विषयमा छलफल गरिनेछ।

२०८३ श्रावण २९, शुक्रबार ०९:०६ प्रकाशित
ट्रेन्डिङ समाचार