सर्लाहीमा ५१ लाखभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जना पक्राउ


काठमाडौं । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडिबाट प्रहरीले स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

भेल्हीबाट बयलबासतर्फ जाँदै गरेको ज १० प ८६५२ नम्बरको स्कुटर जाँच गर्ने क्रममा प्रहरीले स्कुटरको डिकी, फुटबोर्ड र कालो झोलाभित्र लुकाइएको रकम बरामद गरेको हो।

पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका–१२ का ५७ वर्षीय जगन्नाथ महतो कोइरी रहेका छन्। नियन्त्रणमा लिने क्रममा स्कुटर दुर्घटना हुँदा कोइरी सामान्य घाइते भएका छन्। घटनामा दुई प्रहरीसमेत सामान्य घाइते भएका थिए।

बरामद रकम, स्कुटर र कोइरीलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

२०८३ श्रावण २७, बुधबार २०:०३ प्रकाशित
ट्रेन्डिङ समाचार