ADVERTISEMENT

एक साताभित्र ग्यास आपूर्ति सहज हुने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको आपूर्ति, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागिएको बताउनुभएको छ।

बुधबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिको खाद्य आपूर्तिसम्बन्धी छलफलमा मन्त्री यादवले हाल गुगल फाराममार्फत ग्यासको विवरण सार्वजनिक गर्न थालिएको जानकारी दिनुभयो। उहाँले साउन २८ गतेदेखि सिंहदरबारमा खाद्य संस्थानको स्टलमार्फत खाद्यान्न बिक्री–वितरण गर्न लागिएको पनि बताउनुभयो।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले एक साताभित्र ग्यासको आपूर्ति सहज हुने दाबी गर्नुभयो। उहाँका अनुसार मंगलबार मात्रै १३४ वटा ग्यास बुलेट नेपाल भित्रिएका छन् भने साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर भित्रिसकेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार