नदीमा बाढीको जोखिम बढ्दै, सतर्क रहन आग्रह


काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका प्रमुख नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।

आज कर्णाली र पश्चिम राप्तीका केही खण्डमा पानीको सतह बढ्नेछ भने भोलि र पर्सी कोशी, नारायणी, बागमती, कर्णाली, महाकालीलगायत अधिकांश ठूला नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाले जनाएको छ।

सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोकलगायत क्षेत्रमा आज साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। भोलि कोशी, बागमती र गण्डकी तथा पर्सी कर्णाली र सुदूरपश्चिमका साना नदीमा पनि अचानक बहाव बढ्न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

२०८३ श्रावण २७, बुधबार १०:०४ प्रकाशित
ट्रेन्डिङ समाचार