काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्याय, सुशासन र समृद्धिको आधार निर्माणमा युवाहरूको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन्।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनमा युवाहरूको संघर्ष, साहस र योगदान महत्वपूर्ण रहेको उल्लेख गरे।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिको रक्षा गर्दै युवाको ऊर्जा, सिर्जनशीलता र क्षमतालाई राष्ट्र निर्माणमा उपयोग गर्नुपर्ने बताए। युवालाई शिक्षा, सीप, क्षमता विकास र रोजगारीका पर्याप्त अवसर प्रदान गर्नुपर्नेमा पनि उनले जोड दिए।
२०८३ श्रावण २७, बुधबार ०९:५६ प्रकाशित

