काठमाडौं । काठमाडौंमा साउन २९ गतेदेखि आयोजना हुने नेपाली कांग्रेसको राष्ट्रिय भेलामा नेता डा. शेखर कोइराला सहभागी हुने भएका छन्।
भेला पार्टी विभाजनका लागि नभएको स्पष्ट पार्दै डा. कोइरालाले कार्यक्रममा सहभागी भएर पार्टी एकताका लागि आह्वान गर्ने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि भदौ १ गतेसम्म हुने भेलामा निवर्तमान सभापति शेरबहादुर देउवा पनि सहभागी हुने बताइएको छ।
२०८३ श्रावण २६, मंगलवार १६:२१ प्रकाशित

