ADVERTISEMENT

कञ्चनपुरमा पेस्तोलसहित चार पक्राउ

धनगढी । कञ्चनपुर प्रहरीले कटुवा पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ।

भीमदत्त नगरपालिका–१८ सालघारीबाट गोदावरी नगरपालिका–१ का २० वर्षीय पारस रोकायासहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बेलडाँडी–३ का १८ वर्षीय विपिन सिंह, २० वर्षीय नितेश सिंह र कृष्णपुर–६ का २० वर्षीय राजेन्द्र सिंह गोयला रहेका छन्।

प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएका उनीहरूको मोबाइल जाँच गर्दा कटुवा पेस्तोलसहितको फोटो तथा भिडियो फेला परेको थियो। त्यसपछि विपिन सिंहको भीमदत्त–१८ स्थित डेरा कोठामा खानतलासी गर्दा लुकाएर राखिएको कटुवा पेस्तोल बरामद भएको हो।

घटनाबारे चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार