पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ


काठमाडौं ।   पर्सामा १०५ किलो गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको बेतिया जिल्ला ग्राम उजहरु परजिलवा, भांगाहका ५० वर्षीय सउरु चौधरी रहेका छन्।

लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले चौधरीलाई पटेर्वा गाउँपालिका–३, सोनवर्षाबाट नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रूपमा बोरा बोकेर हिँडिरहेका चौधरीलाई रोकी चेकजाँच गर्दा बोराभित्र प्लास्टिकबाहेक १०५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।

यसैबीच, पर्सामा सोमबार साँझ स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित एक जना भारतीय र तीन जना नेपाली नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको थियो।

२०८३ श्रावण २६, मंगलवार १२:४८ प्रकाशित
ट्रेन्डिङ समाचार