आज विश्व आदिवासी दिवस


काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्व आदिवासी दिवस मनाइँदै छ।

दिवसका अवसरमा काठमाडौँलगायत विभिन्न स्थानमा संघसंस्थाले प्रभातफेरी तथा विभिन्न कार्यक्रम आयोजना गरेका छन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्व जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका छन्।

आदिवासी जनजातिले पुस्तौँदेखि आफ्नो विशिष्ट संस्कृति, परम्परा, भाषा र प्रकृतिसँगको सम्बन्धसम्बन्धी ज्ञान संरक्षण गर्दै आएका छन्। पुर्ख्यौली भूमि, प्राकृतिक स्रोतसाधन, पहिचान र परम्परागत जीवनपद्धतिको अधिकारका लागि उनीहरूले लामो समयदेखि संघर्ष गर्दै आएका छन्।

२०८३ श्रावण २४, आईतवार १३:०५ प्रकाशित
ट्रेन्डिङ समाचार