काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २८ गते दिउँसो १२ बजे नेपाल फर्किने भएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले देउवाको नयाँ फर्किने मिति र समय तय भएको जानकारी दिएका हुन्।
यसअघि देउवा साउन २६ गते राति नेपाल फर्किने बताइएको थियो। उपचारका लागि विदेशमा रहेका देउवा सिंगापुर हुँदै हङकङ पुगेका थिए।
स्वदेश फर्किएपछि देउवाले साउन २९ गते काठमाडौंमा सुरु हुने कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ।
यता, देउवा फर्किनुअघि प्रहरीले उनीविरुद्ध कुनै मुद्दा वा पक्राउ पुर्जी रहे–नरहेकोबारे रेकर्ड जाँच गरिरहेको जनाएको छ। प्रहरी प्रवक्ता अविनारायण काफ्लेले आवश्यकताअनुसार कारबाही प्रक्रिया अघि बढाइने बताएका छन्।
२०८३ श्रावण २३, शनिबार १६:२१ प्रकाशित

