ADVERTISEMENT

पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट ,चिकित्सक संघले भर्त्सना

पलाँता अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट

काठमाडौँ । कालिकोटको पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनाको नेपाल चिकित्सक संघले भर्त्सना गरेको छ।

शुक्रबार डा. अली हैदर राईनसहित स्वास्थ्यकर्मीमाथि एक समूहले आक्रमण गरी दुर्व्यवहार गरेको थियो। संघले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अनुसार कडा कारबाही गर्न माग गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार