शाहलाई पोखरेलको चेतावनी : नसच्चिए असफल हुने निश्चित


काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई कार्यशैली सुधार्न चेतावनी दिएका छन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लै लड्नुपर्ने’ र ‘सही समय आउन केही समय लाग्ने’ उल्लेख गरेपछि पोखरेलले प्रतिक्रिया दिँदै यस्तो चेतावनी दिएका हुन्।

पोखरेलले शाहलाई आफ्ना चुनावी वाचा र प्रतिबद्धता सम्झन, जनमतको सम्मान गर्न तथा संसद्प्रति उत्तरदायी बन्न आग्रह गरेका छन्। आफ्ना कमजोरी स्वीकार गरी सुधार गर्दै अघि बढे एक्लोपन महसुस गर्नुनपर्ने उनको भनाइ छ।

तर वर्तमान कार्यशैलीलाई निरन्तरता दिए प्रधानमन्त्री शाह एक्लो मात्र नभई पूर्ण रूपमा असफल हुने दाबी गर्दै पोखरेलले समयमै सचेत हुन आग्रह गरेका छन्।

२०८३ श्रावण २३, शनिबार १३:०७ प्रकाशित
ट्रेन्डिङ समाचार